Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गोकुल बाँस्कोटाले संसद्मै दारु शिविर चलाउन माग गरेपछि...

गोकुल बाँस्कोटाले संसद्मै दारु शिविर चलाउन माग गरेपछि...

  • बुधवार, जेठ २५ २०७९

  • 964
    SHARES

  • गोकुल बाँस्कोटाले संसद्मै दारु शिविर चलाउन माग गरेपछि...
    काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘सञ्चार शिविर’ को सट्टा ‘दारु शिविर’ गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
     
    बुधबार(आज) प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बाँस्कोटाले सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक भएको बताउनुभएको हो ।
     
    ‘सञ्चार मन्त्रालयको घुम्ती शिविर राखिएको छ । त्यसलाई बजेट छुट्टाइएको छ । बरु दारु शिविर राखेको भएपनि हुन्थ्यो । स्वास्थ्यको शिविर भएपनि हुन्थ्यो’, उहाँले भन्नुभयो ।
     
    अर्थ मन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै ‘कोल्याप्स’ गरेको भन्दै बाँस्कोटाले सञ्चार मन्त्रालयको बजेटमा चरम दुरुपयोगको सम्भावना रहेको बताउनुभयो ।
     
    अर्थमन्त्रीले सरकारी कार्यालयका लागि सवारी साधन खरिद नगर्ने घोषणा गरेको छन् सञ्चार मन्त्रालयको विनियोजित बजेटमा भने मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेको भन्दै उहाँले कुन चाहिँ झुटो हो हो ? भनी प्रश्न गर्नुभएको छ ।
     
    सञ्चार मन्त्रालयले आवश्यकता अनुसार खर्च गर्ने शीर्षकमा ५ करोड छुट्टाइएको भन्दै बाँस्कोटाले नीति तथा कार्यक्रममार्फत नै ‘दुरुपयोग’ संस्थागत गरिएको बताउनुभयो । सञ्चार मन्त्रालयको बजेट विनियोजन सञ्चार मन्त्रीले नबनाएको दाबी गर्दै बाँस्कोटाले विनियोजनका प्रत्येक बुँदामा झुटको पुलिन्दा रहेको बताउनुभयो ।
     


    बुधवार, जेठ २५ २०७९०२:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij