काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवम् शहरी विकास मन्त्रीका लागि सिफारिस सांसद मेटमणि चौधरीले यहीँ २६ गते शपथग्रहणका निम्ति तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग केही दिन मन्त्री फिर्ता नबोलाउन आग्रह गरेकोले शपथ सरेको उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै चौधरीले पार्टीको निर्णय नै आधिकारिक भएको बताउँदै मन्त्री फर्किनेमा विश्वास व्यक्त गर्नुभयो । पार्टीभित्रको लामो छलफलपछि मन्त्रीलाई फिर्ता बोलाइएको चौधरीको भनाइ छ ।
फेरि सिलाएको दौरासुरुवाल काम लागेन नी ? भन्ने नेटवर्कको प्रश्नमा चौधरीले यसपालि काम लाग्ने विश्वास व्यक्त गर्नुभयो ।