Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

उपेन्द्रले लोसपा नेताहरूलाई भने–आउनुस्, मिलेर काम गरौं

उपेन्द्रले लोसपा नेताहरूलाई भने–आउनुस्, मिलेर काम गरौं

  • मंगलवार, जेठ २४ २०७९

  • 720
    SHARES

  • उपेन्द्रले लोसपा नेताहरूलाई भने–आउनुस्, मिलेर काम गरौं
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गर्नुभएको छ।
     
    विगतको समीक्षा गरी पुनः मिलेर काम गर्न सकिने उनले बताए । पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम पुग्नुभएका यादवले विगतको कदमलाई सच्याएर समीक्षा गर्दै पुनः मिल्न सकिने बताउनुभयो । 
     
    ‘महन्थ ठाकुरजी जसपाबाट किन अलग हुनुभयो ? कुन लक्ष्य प्राप्तिका लागि पार्टी फोड्नुभयो ? कसको हितका लागि पार्टी फोड्नुभयो ?’ उहाँले भन्नुभयो, ‘उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’
     
    प्रधानमन्त्रीले दुई वटा मन्त्रालय दिएर जसपालाई सरकारमा ल्याउन खोजेको चर्चा छ । उहाँले यसमा सत्यता नभएको बताउनुभयो । कम्तिमा आगामी चुनावसम्म पाँचदलीय गठबन्धन कायम रहने समेत उहाँले बताउनुभयो । 


    मंगलवार, जेठ २४ २०७९०१:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij