Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

भोलि काठमाडौंबाट विज्ञ सहितको टोली सिसडोल जाने, लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने

भोलि काठमाडौंबाट विज्ञ सहितको टोली सिसडोल जाने, लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने

  • सोमवार, जेठ २३ २०७९

  • 1.1K
    SHARES

  • भोलि काठमाडौंबाट विज्ञ सहितको टोली सिसडोल जाने, लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने
    काठमाडौं । काठमाडौं महानगरपालिका वातावरण विभागको नेतृत्वमा विज्ञ सहितको टोली सिसडोल जाने भएको छ।
     
    मंगलबार वातावरण विभागका प्रमुख सरिता राईको नेतृत्वमा विज्ञको टोली सिसडोल प्रस्थान गर्ने मेयर बालेन शाहका सहयोगी कुमार व्यञ्जनकारले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार सो टोलीमा नास्टका विज्ञ डा.रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, अमृता पौडेल लगायत रहनेछन्। 
     
    उक्त टोली दिउँसो १२ बजे सिसडोल जाने व्यञ्जनकारले बताउनुभयो । 
     
    सिसडोल पुगेर त्यहाँको लिच्चड, पानी र ग्यासको स्याम्पल परीक्षण गरिने उहाँले बताउनुभयो ।  


    सोमवार, जेठ २३ २०७९०८:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij