Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गठबन्धन बैठक : नेकपा एसले पठाएका मन्त्रीलाई शपथ गराउन देउवाले मानेनन्

गठबन्धन बैठक : नेकपा एसले पठाएका मन्त्रीलाई शपथ गराउन देउवाले मानेनन्

  • सोमवार, जेठ २३ २०७९

  • 1.9K
    SHARES

  • गठबन्धन बैठक : नेकपा एसले पठाएका मन्त्रीलाई शपथ गराउन देउवाले मानेनन्

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । सोमबार(आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूबिच मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएपनि टुंगो भने लाग्न सकेन । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी थिए ।

    नेकपा एकीकृत समाजवादीले आइतबार आफ्ना पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको सिफारिस गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार आज पुनर्गठनको सम्भावना कम छ । गठबन्धनका अन्य सदस्यहरूले समय माग गरेकाले मन्त्रिपरिषद् पुनर्गठनमा समय लाग्ने भएको हो ।


    सोमवार, जेठ २३ २०७९०२:१५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij