Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधवलाई नेता शाहीले दिए कडा चेतावनी

प्रचण्ड–माधवलाई नेता शाहीले दिए कडा चेतावनी

  • सोमवार, जेठ २३ २०७९

  • 1.9K
    SHARES

  • प्रचण्ड–माधवलाई नेता शाहीले दिए कडा चेतावनी

    काठमाडौं । विगत  केही दिनयता सरकार परिवर्तन हुने कुरा व्यापक रुपमा चलिरहेको छ जसले गर्दा पुरै राजनीतिक वृत्तमा तरंग नै पैदा भएको छ ।

    पछिल्ला केही दिनयता नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बारम्बार प्रधानमन्त्री बन्नका लागि अफर आइरहेको बताउँदै आएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि आफूलाई प्रधानमन्त्री बन्न विभिन्न दलका नेताहरूले सुझाइरहेको दाबी गर्दै आएका छन् ।

    दाहाल र नेपालले नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको  भन्दै नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाहीले कांग्रेसलाई यस्तो घुर्कीले केही फरक नपर्ने भन्दै कडा चेतावनी दिएका छन् ।

    नेपाली नेटवर्कसँग कुरा गर्दै नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताएका छन् । यस्तै, भर्खरै सम्पन्न भएको स्थानीय चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत भन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याएपनि सोचेजस्तो नतिजा भने ल्याउन नसकेको नेता शाहीको भनाई छ । साथै नेता शाहीले अब हुने केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्नुको विकल्प  नरहेको पनि बताए ।


    सोमवार, जेठ २३ २०७९१२:१३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij