Nov 15 2026 | २०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते
  • यो साता चर्चामा :
images

समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

  • सोमवार, जेठ २३ २०७९

  • 1.0K
    SHARES

  • समझदारीअनुसार नै मन्त्री परिवर्तन : नेता पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले समझदारीअनुसार नै मन्त्री परिवर्तन गर्न थालिएको बताउनुभएको छ । उहाँले सुरु मै आलोपालो गरेर मन्त्री बन्ने समझदारी भएअनुरूप मन्त्री हेरफेर गरिएको दाबी गर्नुभएको हो ।

    नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले पार्टी अध्यक्ष माधव कुमार नेपालले सचिवालय बैठकको निर्णयअनुसार नै मन्त्री हेरफेर गरेको पनि उल्लेख गर्नुभयो ।

    ‘माधव कुमार नेपालले कुनै पनि निर्णय एकलौटीरूपमा लिनुहुन्न, उहाँले सबै निर्णय नीति नियममा टेकेर छलफल गरेरै मन्त्री हेरफेर गर्नुभएको छ’, नेता पाण्डेले भन्नुभयो ।
    उहाँले मन्त्री हेरफेरलाई कारवाहीकोरुपमा नलिन पनि आग्रह गर्नुभएको छ । मन्त्रिमण्डल गठन गर्ने बेलामै ६ महिनाका लागि भन्ने निर्णय गरेर सरकारमा सहभागी भएकाले कारवाही गरियो भन्ने भ्रममा नपर्न नेता पाण्डेले प्रष्ट पार्नुभयो । उहाँले बाम गठबन्धन हुनसक्ने पनि उहाँले खुलासा गर्नुभएको छ । 

    केपी शर्मा ओलीसँग सहकार्य हुनसक्छ त निर्वाचनमा भन्ने पत्रकार धमलाको प्रश्नमा नेता पाण्डेले भन्नुभयो, ‘राजनीतिमा सहकार्य नहुने भन्ने हुनै सक्दैँन, बाम गठबन्धन हसनसकने सम्भावना म देख्दैँछु ।’



     


    सोमवार, जेठ २३ २०७९०६:२४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij