Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

ओपनर कुशल र आसिफ चोटग्रस्त, समस्यामा नेपाली क्रिकेट टिम

ओपनर कुशल र आसिफ चोटग्रस्त, समस्यामा नेपाली क्रिकेट टिम

  • आइतवार, जेठ २२ २०७९

  • 637
    SHARES

  • ओपनर कुशल र आसिफ चोटग्रस्त, समस्यामा नेपाली क्रिकेट टिम
    काठमाडौं । आइसिसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् ।
     
    कुशल भुर्तेल र आसिफ शेख अभ्यास खेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिनुभयो । 
     
    नेपाल टिमका नियमित विकेटकिपर समेत रहेका आसिफको नेपाल अलस्टारविरुद्दको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनी शनिबार भएको नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको खेलमा टिममा थिएनन् ।
     
    कुशललाई सोही खेलमा फिल्डिङका क्रममा ह्याम्स्ट्रिङ समस्या भएको मल्लले जानकारी दिनुभयो ।  ‘आसिफको घुँडाको सिटी स्क्यान र एमआरआई भइसकेको छ । विस्तृत रिपोर्ट आएपछि खेल्न सक्ने–नसक्ने थाहा हुन्छ,’ मल्लले भन्नुभयो ।
     
    विश्वकप लिग टू अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्ध खेल्दैछ ।
     
    १५ जना खेलाडीसहित अमेरिका पुगेको नेपाल टिम दुई मुख्य खेलाडी चोटग्रस्त बनेपछि अप्ठेरोमा परेको छ । दुवैले खेल्न नसक्ने भएमा के गर्ने भन्नेबारे क्यानले छिट्टै निर्णय गर्ने कार्यवाहक सचिव मल्लले जानकारी दिनुभयो । 
     
    नेपाल टिममा सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो रहेका छन् ।


    आइतवार, जेठ २२ २०७९०४:३०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij