Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रेस काउन्सिलको अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रेस काउन्सिलको अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • बुधवार, भाद्र ३ २०७७

  • 683
    SHARES

  • प्रेस काउन्सिलको अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

    न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने कार्य नगर्नु भनि आदेश दिएको हो ।

    प्रेस काउन्सिल ऐन नै बाझिने गरी सरकारले नियमावली संशोधन गरेको भन्दै काउन्सीलकै सदस्य चेतनाथ धमलाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

    सरकारले साउन २६ गते काउन्सिलको नियमावली संशोधन गर्दै कार्यवाहक अध्यक्ष सरकारले नियुक्त गर्न सक्ने बुँदा थप गरी भण्डारीलाई सदस्य नियुक्त गर्दै कार्यवाहक अध्यक्ष बनाएको थियो ।


    बुधवार, भाद्र ३ २०७७०७:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij