Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति भण्डारी

भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति भण्डारी

  • शनिवार, जेठ २१ २०७९

  • 676
    SHARES

  • भोटो देखाउने कार्यक्रममा सरिक हुन जावलाखेल जाँदै राष्ट्रपति भण्डारी

    काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी आज जावलाखेल जानुहने भएको छ । 

    रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौथों दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परामा सहभागी हुन राष्ट्रपति भण्डारी जावलाखेल जान लाग्नुभएको हो।

    लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राजा (राष्ट्राध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । परम्परानुसार भोटोजात्राको अघिल्लो दिन रथ वरपर भूत पिचास  पन्छाएको रथबाट भोटो देखाउने परम्परा छ । भोटा देखाइसकेपछि मछिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । 

    वर्षा र सहकालका देवताका रूपमा मानिने मछिन्द्रनाथ हिन्दु धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान हुन् । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ ।


    शनिवार, जेठ २१ २०७९११:१०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij