काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडको ‘सुन माया’ बोलको प्रेमिल गीत सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतमा गायक ओडलाई गायिका बेनिशा पौडेलले स्वरमा साथ दिएकी छिन् ।
गोविन्द भट्टको शब्द तथा सङ्गीत रहेको गीतमा कलाकारहरू शुभम् आचार्य र योगिशा खत्री फिचर छन् ।
भिडियो !