Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देउवा अमेरिका भ्रमणको तयारीमा, बालुवाटार स्रोत के भन्छ ? 

देउवा अमेरिका भ्रमणको तयारीमा, बालुवाटार स्रोत के भन्छ ? 

  • बिहिवार, जेठ १९ २०७९

  • 1.1K
    SHARES

  • देउवा अमेरिका भ्रमणको तयारीमा, बालुवाटार स्रोत के भन्छ ? 
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी तिब्र पारिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा देउवा भ्रमणमा जान लाग्नुभएको हो ।  
     
    अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।
     
    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको तर मिति भने निश्चित नभइसकेको छैन । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ ।
     
    प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३-२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल-अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हुन् । 
     


    बिहिवार, जेठ १९ २०७९०४:२३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij