Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरु

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरु

  • बिहिवार, जेठ १९ २०७९

  • 872
    SHARES

  • उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरु

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरु गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरु गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरु गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले त्रिशूली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरु गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।


    बिहिवार, जेठ १९ २०७९०१:१८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij