Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगबाट नेकपा (एमाले)ले पायो वैधानिकता

निर्वाचन आयोगबाट नेकपा (एमाले)ले पायो वैधानिकता

  • बुधवार, भाद्र ३ २०७७

  • 1.2K
    SHARES

  • निर्वाचन आयोगबाट नेकपा (एमाले)ले पायो वैधानिकता

    काठमाडौं । पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन परेसँगै विवादमा तानिएको नेकपा (एमाले)ले अन्ततः वैधानिकता पाउने भएको छ ।

    गत असारमा दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको थियो । सो पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएको कागजपत्रका आधारमा हस्ताक्षरहरु प्रमाणित भएपछि आज आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    यसै बिषयलाई लिएर सत्तारुढ नेकपामा पछिल्लो समय विवाद उत्पन्न भएको थियो । सत्तारुढ नेकपामा जारी विवाद समाधानका लागि कार्यदल बनाइ कार्यदलले कामसमेत सुरु गरिसकेको बेला नेकपा (एमाले)लाई वैधता दिने निर्णय आयोगले गरेको हो ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले पार्टी दर्ताको प्रक्रिया अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा भएको दावी गर्नुभएको थियो ।

    त्यसले गर्दा पार्टीमा विवाद नै उत्पन्न भइ स्थायी कमिटीको बैठक नै प्रभावित भएको थियो । विराटनगरकी सन्ध्या तिवारी अध्यक्ष रहनेगरी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो ।


    बुधवार, भाद्र ३ २०७७०४:१३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij