Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मेसीको दोस्रो अन्तराष्ट्रिय उपाधि

मेसीको दोस्रो अन्तराष्ट्रिय उपाधि

  • बिहिवार, जेठ १९ २०७९

  • 879
    SHARES

  • मेसीको दोस्रो अन्तराष्ट्रिय उपाधि

    काठमाडौं । दक्षिण अमेरिकन च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन इटालीबीचको भिडन्तमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिना विजयी भएसँगै लियोनेल मेसीको यो दोस्रो अन्तराष्ट्रिय उपाधि भएको छ।

    फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३-० ले विजयी भयो।

    इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए। कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरीमा अग्रता दोब्बर पारे।

    पहिलो हाफमा २-० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गर्दै जित सुनिश्चित गरे।

    मेसीको यो दोस्रो अन्तराष्ट्रिय उपाधि पनि हो।


    बिहिवार, जेठ १९ २०७९०९:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij