Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

  • बुधवार, भाद्र ३ २०७७

  • 1.3K
    SHARES

  • संघीय सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि

    संघीय संसद्का एक सांसदलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अछाम क्षेत्र नम्बर –२ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना देखिएको हो ।

    उहाँ ललितपुरमा कोठा लिएर बसिरहनुभएको थियो । यद्यपि, त्यहाँ होम आइसोलेसन बस्न मिल्ने संरचना नभएकाले उहाँ अहिले कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा हुनुहुन्छ ।

    साउन ३० मा पिसिआार गर्नुभएको उहाँको रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा जानुभएको हो ।

    यसअघि संघीय संसद्का सांसद प्रदीप यादवलाई कोरोना लागेको थियो । यादव भने कोरोनामुक्त भइसक्नुभएको छ ।


    बुधवार, भाद्र ३ २०७७०२:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij