Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रेस काउन्सिलमा गरिएको कार्यबाहक अध्यक्ष नियुक्ति फिर्ता लिन कांग्रेसको माग

प्रेस काउन्सिलमा गरिएको कार्यबाहक अध्यक्ष नियुक्ति फिर्ता लिन कांग्रेसको माग

  • बुधवार, भाद्र ३ २०७७

  • 976
    SHARES

  • प्रेस काउन्सिलमा गरिएको कार्यबाहक अध्यक्ष नियुक्ति फिर्ता लिन कांग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिलमा गरिएको कार्यबाहक अध्यक्ष नियुक्ति फिर्ता लिन माग गरेको छ । नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको कांग्रेसको टिप्पणी छ ।

    सञ्चार मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य नियुक्त गरेको भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गर्दै भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको थियो ।

    नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने गरेका थिए ।
    ‘जिम्मेवारीमा को थिए वा को ल्याइएको छ भन्ने भन्दा पनि सरकारले काउन्सिललाई गुटगत प्रचारगोटी बनाउन खोजेको आभास भएको पाइयो’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै, सरकार प्रेस नियन्त्रणको बोटोमा रहेको भन्दै कांग्रेसले पत्रकार महासंघ, प्रेस युनियन र अन्य सरोकारवालाहरुसँग संवाद र सहमतिबिना गरिएका र गरिने कुनै पनि कदममा आफ्नो समर्थन नरहने कांग्रेसले प्रष्ट पारेको छ ।

     


    बुधवार, भाद्र ३ २०७७०१:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij