Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

  • बुधवार, भाद्र ३ २०७७

  • 1.0K
    SHARES

  • कोरोना संक्रमणबाट २ महिलाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना महिला रहेका छन् ।

    ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।

    यसैबिच, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मोरङ बुडीगंगा २ की ६७ वर्षीय महिलाको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

    उनको हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। विराट मेडिकल कलेजबाट मंगलबार प्रतिष्ठानमा रेफर भएकी ती संक्रमित महिलामा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो। उनमा मुटुको दीर्घ समस्या पनि थियो।

     


    बुधवार, भाद्र ३ २०७७०९:१५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij