Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बजेटबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

बजेटबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

  • सोमवार, जेठ १६ २०७९

  • 838
    SHARES

  • बजेटबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक
    काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सोमबार(आज) दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ ।
     
    सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । उक्त बजेटमाथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताउनुभयो । एमालेका नेताहरूले आगामी आम निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।


    सोमवार, जेठ १६ २०७९०२:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij