Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अखिल क्रान्तिकारीद्वरा सरकारको ध्यानाकर्षण

विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अखिल क्रान्तिकारीद्वरा सरकारको ध्यानाकर्षण

  • सोमवार, जेठ १६ २०७९

  • 518
    SHARES

  • विद्यार्थीले पाठ्यपुस्तक नपाएको भन्दै अखिल क्रान्तिकारीद्वरा सरकारको ध्यानाकर्षण
    काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक समयमै नपाएको भन्दै ध्यानाकर्षण गराएको छ । 
     
    सोमबार अखिल क्रान्तिकारीका अध्यक्ष पञ्जा सिंह सहितको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर समयमै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरेका हुन् ।
     
    शैक्षिकसत्र सुरु भएको तीन साता बित्दा पनि विद्यार्थीको हातमा पुस्तक नपुग्ने लज्जाको विषय भएको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन अखिल क्रान्तिकारीले आग्रह गरेको छ । 
     
    विद्यार्थीको पढाई प्रभावित हुने गरी जनक शिक्षा सामाग्री केन्द्रले बहानाबाजी गरेर पुस्तक पठाउन ढिला गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।


    सोमवार, जेठ १६ २०७९०२:३४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij