काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन हुन लागेको हो ।
आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताउनुभयो । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी छन् भने एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने छ।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरूपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गर्नुभएको छ ।