Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बजेटमा निर्वाचनको गन्ध, कार्यान्वयनमा चुनौती : पूर्व गभर्नर क्षेत्री 

बजेटमा निर्वाचनको गन्ध, कार्यान्वयनमा चुनौती : पूर्व गभर्नर क्षेत्री 

  • आइतवार, जेठ १५ २०७९

  • 765
    SHARES

  • बजेटमा निर्वाचनको गन्ध, कार्यान्वयनमा चुनौती : पूर्व गभर्नर क्षेत्री 
    काठमाडौं । राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक वर्ष २०७९-८० बजेट सोचे भन्दा राम्रो तर कार्यान्वयनमा चुनौती देखिएको बताउनुभएको छ । 
     
    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै पूर्व गभर्नर क्षेत्रीले आज प्रस्तुत गरिएको बजेटको आकार ठुलो भएका कारण कार्यान्वयनमा जटिलता देखिएको बताउनुभएको हो ।
     
    अर्थमन्त्री जनार्दन शर्माले आज कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विशेष  प्राथमिकतामा राख्दै  १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आकार प्रस्तुत गर्नुभएको छ । 
     
    प्रदेश र सङ्घीय निर्वाचन नजिकिँदै गर्दा सरकारले बजेट बढाएको भन्दै उहाँले बजेटमा निर्वाचनको गन्धले कार्यान्वयनमा लैजान चुनौती रहेको बताउनुभयो । 
     
    यस्तै कर्मचारी तथा सामाजिक सुरक्षा भत्ता समेत सरकारले बढाएको छ । यस प्रति पूर्व गभर्नर क्षेत्रीले नेपालको जस्तो कमजोर अर्थतन्त्र भएको देशले वितरणमुखी बजेट ल्याएको टिप्पणी पनि गर्नुभयो । 
     


    आइतवार, जेठ १५ २०७९०७:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij