काठमाडौं । सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क गर्ने घोषणा गरेको छ ।
आइतबार(आज) संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका लागि ७९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री शर्माले जानकारी गराउनुभएको छ ।