Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री

आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री

  • शनिवार, जेठ १४ २०७९

  • 755
    SHARES

  • आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगम खारेज गर्ने कुनै सोच नभएको बताउनुभएको छ । 
     
    सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भन्नुभएको छ ।, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकाधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरू कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रस्ट पार्न चाहन्छु ।’
     
    सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा कम प्रतिस्पर्धी र कमजोर सरकारी संस्थानलाई मर्जर, खारेजी वा निजीकरणमा लगिने उल्लेख भए पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा चर्को विरोध गरेको थियो ।
     
    एमाले अध्यक्ष केपी शर्मा ओलीले आयल निगम खारेज गरेर पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिन अर्बौको चलखेल भइरहेको आरोप लगाएका थिए ।


    शनिवार, जेठ १४ २०७९०७:५०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij