एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।
आजको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब आरबी लाइपिजबीच प्रतिस्पर्धा हुनेछ । पिएसजी र लाइपिजबीचको खेल नेपाली समयअनुसार राति पौने एक बजेबाट सुरु हुनेछ ।
पोर्चुगलको लिस्बनस्थित स्टाडियो डा लुज रंगशालामा दुबै टोली जितको लक्ष्यका साथ मैदानमा उत्रिने छन् ।
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई पराजित गर्दै पहिलोपटक सेमिफाइनलमा स्थान बनाउँदै इतिहास बनाइसकेको लाइपिज पिएसजीलाई पनि स्तब्ध बनाउँदै फाइनल पुग्न चाहन्छ । उता कतारी व्यापारीको लगानी रहेको विश्वकै उत्कृष्ट खेलाडी नेइमार, केलियन एमबाप्पे जस्ता स्टार खेलाडी रहेको पिएसजी जुनसुकै हालतमा फाइनल पुग्न चाहन्छ ।
आजको सेमिफाइनल विजेता टोलीले फाइनलमा बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछन् ।