Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिपिएल आजबाट सुरु, सन्दीपको खेल बुधबार

सिपिएल आजबाट सुरु, सन्दीपको खेल बुधबार

  • मंगलवार, भाद्र २ २०७७

  • 1.1K
    SHARES

  • सिपिएल आजबाट सुरु, सन्दीपको खेल बुधबार

    एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

    ट्रिनिडाड एन्ड टोबागोमा हुने सिपिएलको पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारियर्स भिड्दैछन् । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे सुरु हुनेछ ।

    आजै हुने अर्को खेलमा बार्बाडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति सवा ३ बजे सुरु हुनेछ ।

    कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता बन्द रंगशालामा दर्शकविना नै हुनेछ । त्यस्तै, खेलाडी र आयोजकले सरकारको कोभिड –१९ गाइडलाइन पालना गर्नुपर्नेछ । आगामि सेप्टम्बर १० सम्म चल्ने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् ।

    यस सिजन नेपाली टोलीका लेग स्पिनर सन्दीप जमैका तलावाजबाट खेल्नेछन् । जमैका तलावाजले ९० हजार अमेरिकी डलर (१ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

    यो सिजन सिपिएलमा सन्दीपले पाएको रकम अहिलेसम्मकै सर्वाधिक धेरै हो । सन्दीपले यसअघि दुईपटक सिपिएल खेलिसकेका छन् । सन्दीपको टिम जमैकाको खेल भने बुधबार हुनेछ । जमैकाले सेन्ट जोउक्ससँग खेल्नेछ । उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजे नै सुरु हुनेछ । यस वर्ष क्रिस गेलले भने सिपिएल खेल्ने छैनन् ।


    मंगलवार, भाद्र २ २०७७०३:२७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij