काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धी जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् ।
मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए ।
त्यसका लागि योजना पनि बनाइसकेको उनले जानकारी गराएका छन् ।