Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

युवतीको गोप्य भिडियो पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान नै समातिएपछि...

युवतीको गोप्य भिडियो पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान नै समातिएपछि...

  • शुक्रवार, जेठ १३ २०७९

  • 398
    SHARES

  • युवतीको गोप्य भिडियो पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान नै समातिएपछि...
    काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई हैरानी र चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
     
    युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरू  सामाजिक सञ्जालमा पोस्ट गर्दै चरित्रहत्या गरेको आरोपमा प्रहरी जवान समेत पक्राउ परेका हुन् ।
     
    नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर ४ घर भई प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव  पक्राउ परेका हुन् । उनलाई जेठ ११ गते पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ । 
     
    त्यसैगरी विराटनगर महानगरपालिका वडा १७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
     
    उनले फेक अकाउन्ट खोली पीडित युवतीको अन्तरङ्ग तस्बिरहरू आफन्त र साथी भाइलाई पठाई चरित्र हत्या गरेको आरोप छ ।
     


    शुक्रवार, जेठ १३ २०७९०२:१७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij