Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बाढी–पहिरोमा उद्वार र राहतका लागि काँग्रेसद्धारा प्रथम चरणमा ३० जिल्लालाई सहयोग

बाढी–पहिरोमा उद्वार र राहतका लागि काँग्रेसद्धारा प्रथम चरणमा ३० जिल्लालाई सहयोग

  • मंगलवार, भाद्र २ २०७७

  • 580
    SHARES

  • बाढी–पहिरोमा उद्वार र राहतका लागि काँग्रेसद्धारा प्रथम चरणमा ३० जिल्लालाई सहयोग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ ।

    काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा काँग्रेसले सहयोग गरेको जानकारी दिनुभयो ।

    बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्लास्तरीय अभियानलाई बल पु¥याउन कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोग स्वरुप १ लाख ५० हजारका दरले ३० जिल्लामा रकम दिने निर्णय भएको हो ।

    सहयोग पाउने जिल्लाहरुमा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत रहेका छन् ।

    त्यसैगरी, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन् ।


    मंगलवार, भाद्र २ २०७७०२:२७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij