Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सिर्जनाले भनिन् : 'विजयीलाई बधाई, मत जित्न नसकेपनि मन जित्न सकेँ '

सिर्जनाले भनिन् : 'विजयीलाई बधाई, मत जित्न नसकेपनि मन जित्न सकेँ '

  • शुक्रवार, जेठ १३ २०७९

  • 636
    SHARES

  • सिर्जनाले भनिन् : 'विजयीलाई बधाई, मत जित्न नसकेपनि मन जित्न सकेँ '

    काठमाडौं  । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन्।

    “लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु,” उनले लेखेकी छन्, “काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।”

    बिहीबार बेलुकी निर्वाचन अधिकृत कार्यालयले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै सिंहले बधाई दिएकी हुन्।

    साथै सिंहले निर्वाचनमा खटिएका र मतदान गर्ने सबैलाई धन्यवाद दिएकी छन्। आफू मेयर निर्वाचित नभए पनि महानगरबासीका मन जित्न सकेको सिंहको भनाइ छ।

    ‘विजयी हुने गरी मत ल्याउन सकिनँ तर नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाइको मन जित्न सकेँ लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु,’ उनले भनिन् ।

     


    शुक्रवार, जेठ १३ २०७९०६:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij