Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा कांग्रेसले  जित्यो १८ वडाध्यक्षसहित बहुमत सदस्य

काठमाडौंमा कांग्रेसले  जित्यो १८ वडाध्यक्षसहित बहुमत सदस्य

  • बिहिवार, जेठ १२ २०७९

  • 720
    SHARES

  • काठमाडौंमा कांग्रेसले  जित्यो १८ वडाध्यक्षसहित बहुमत सदस्य
    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अब वडा नम्बर १४ को मत गणना गर्न बाँकी छ।
     
    अहिलेसम्म मतपरिणाम भएका वडाहरूमा नेपाली कांग्रेसले १८ वडामा वडाध्यक्ष जितेको छ। कांग्रेसले वडाध्यक्षसँगै बहुमत वडा सदस्य पनि जितेको छ।
     
    कांग्रेसले वडा नम्बर ६ देखि १२ सम्मका सबै वडामा वडाध्यक्ष जितेको छ। वडा नम्बर २४ देखि ३० सम्म पनि कांग्रेसले वडाध्यक्ष जितेको छ। त्यस्तै वडा नम्बर १६,१७,१९,२०मा पनि कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।
     
    कांग्रेसले १२८ वडा सदस्यमध्ये ७३ वडा सदस्य जितेको छ। एमालेले १२ वडाध्यक्ष जितेको छ। एमालेले १ देखि ५ सम्मका सबै वडासहित १३,१८,२१, २२, २३, ३१ र ३२ वडामा जित हात पारेको छ।  वडा सदस्यमा भने एमालेले ४५ सदस्य जितेको छ।
     
    हरेक वडामा दुई जना खुला सदस्य, एक दलित सदस्य र एक महिला दलित सदस्य हुन्छन्।
     
    एकीकृत समाजवादीले वडा नम्बर १५ को अध्यक्ष र चार जना सदस्य जितेको छ।


    बिहिवार, जेठ १२ २०७९०५:१८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij