Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सिसिएमसी निर्देशक समितिको बैठक आज

सिसिएमसी निर्देशक समितिको बैठक आज

  • मंगलवार, भाद्र २ २०७७

  • 2.2K
    SHARES

  • सिसिएमसी निर्देशक समितिको बैठक आज

    काठमाडौं । कोरोना भाइरस रोकथाम तथा संकट व्यस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठक आज बस्दैछ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आगामि रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।

    सिंहदरबारमा बस्न लागेको सिसिएमसीको बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ । संक्रमण देखिएको ठाउँमा लकडाउन र सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने सिसिएमसी स्रोतले जनाएको छ ।

    सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन । लकडाउनलाई कसरी थप व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।


    मंगलवार, भाद्र २ २०७७०१:५६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij