Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ईपीएलले क्यानको स्वीकृति नपाएपछि सर्वोच्चमा रिट, अन्तरिम आदेश माग

ईपीएलले क्यानको स्वीकृति नपाएपछि सर्वोच्चमा रिट, अन्तरिम आदेश माग

  • बिहिवार, जेठ १२ २०७९

  • 585
    SHARES

  • ईपीएलले क्यानको स्वीकृति नपाएपछि सर्वोच्चमा रिट, अन्तरिम आदेश माग
    काठमाडौं । फ्रेन्चाइजी लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट सञ्चालन गर्न नदिने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयविरुद्ध इपीएलले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । क्यानको निर्णयविरुद्ध दायर रिटमा इपीएलले अन्तरिम आदेश माग गरेको हो । 
     
    लामो समय नेपाली क्रिकेट नभएको समयमा क्रिकेट सञ्चालन गर्दा अहिले क्यानले आफ्नै लिग सञ्चालन गरेर आफूहरूलाई धोका दिएको इपीएलको दाबी छ । क्यानले नेपालमा एक मात्र घरेलु लिग सञ्चालन हुने भएकाले फ्रेन्चाइजी लिगहरूलाई मान्यता नदिने बताएको थियो । यसअघि सञ्चालन भइरहेको अन्य घरेलु लिगहरूलाई क्षेत्रीय लिगको रूपमा मान्यता दिने बताएको छ ।
     
    ‘क्यानको प्रेस विज्ञप्तिमा भएको सामग्रीलाई इपीएलले अस्वीकार गरिएको छ । इपीएल नेपालमा फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेट सबैभन्दा राम्रो लिग हो । नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । यो लिग बन्द गर्ने विषय हामीलाई मान्य छैन,’ विज्ञप्तिमा लेखिएको छ ।
     
    विज्ञप्तिमा भारतीय कम्पनीलाई क्यानले गैरकानुनी पाटोमा निजी सम्झौता गरेको पनि इपीएलले आरोप लगाएको छ । साथै यो सम्झौता पारदर्शी नभएको पनि इपीएलको आरोप छ ।
     
     ‘क्यानको यो निर्णयको, ईपीएल र सबै ६ फ्रेन्चाइजीहरु कानुनी पाटो खोज्ने निर्णय गरेका छन् । त्यसैले सर्वोच्च अदालतले मा क्यानको गलत निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दायर गरिएको छ । न्यायपालिकाले हामीलाई उचित उपचार दिनेछ भन्ने विश्वास छ,’ ईपीएलको विज्ञप्तिमा लेखिएको छ ।


    बिहिवार, जेठ १२ २०७९०३:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij