Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सरकारविरुद्ध खर्चिए ओलीले तिन घण्टा

सरकारविरुद्ध खर्चिए ओलीले तिन घण्टा

  • बिहिवार, जेठ १२ २०७९

  • 700
    SHARES

  • सरकारविरुद्ध खर्चिए ओलीले तिन घण्टा

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै तीन घण्टा संसदलाई सम्बोधन गरेका छन् ।

    नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्न रोस्टममा उभिएका ओलीले अधिकांश समय पाँच दलीय गठबन्धन सरकारको विरोध गर्न खर्चिएका छन् ।

    चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप लगाए ।

    सो अवसरमा ओलीले पार्टी विभाजनको आरोप लगाउँदै ऐन विपरीत सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाए ।

    आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे ।

    सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ्क प्रस्तुत गरेको समेत आरोप लगाए ।


    बिहिवार, जेठ १२ २०७९०२:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij