काठमाडौं । आफ्ना छोरा उप–मेयरमा पराजित भएपछि तनावमा परेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भक्तपुरको बालकोटमा नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री खड्कप्रसाद ओलीसँग सुटुक्क भेट गरेको स्रोतले जनाएको छ ।
उनीहरूबीच भएको कुराकानीका विषयमा औपचारिक रुपमा केही भनिएको छैन ।
स्रोतका अनुसार यादव र ओलीबीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा कुराकानी भएको बुझिएको छ ।
उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयरमा उम्मेदवार बनाएका थिए । अमरेन्द्रको लज्जास्पद हार भएको छ ।
अध्यक्ष यादवले नेपाली कांग्रेसले गठबन्धनमा धोका दिएको निष्कर्ष निकालेका छन् । कांग्रेसले धोका दिएको ठहर गरेका यादवले एमालेका अध्यक्ष ओलीसँग भेटेर ५ दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेको चर्चा छ ।
हार्ने सम्भावना देखेपछि सुनसरी छाडेर सप्तरी आएका अध्यक्ष यादव पर्सातिर चुनाव लड्न जाने तयारी गरेको चर्चा जसपामा छ ।