Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

बलात्कारका घटनामा रहेको हदम्याद हटाउनु अपरिहार्य : डा.संग्रौला

बलात्कारका घटनामा रहेको हदम्याद हटाउनु अपरिहार्य : डा.संग्रौला

  • बिहिवार, जेठ १२ २०७९

  • 678
    SHARES

  • बलात्कारका घटनामा रहेको हदम्याद हटाउनु अपरिहार्य : डा.संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले बलात्कारसम्बन्धी घटनामा रहेको हदम्याद हटाउनु अपरिहार्य रहेको बताउनुभएको छ ।

    नाबालिग अवस्थामा हुने यौनजन्य हिंसाबारे बोल्न सक्ने अवस्था नभएकाले पीडितले जहिले बोल्न र आफुमाथि भएका घटनाबारे बताउन सक्छ त्यहि बेलादेखि कानुनी प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको उहाँको धारणा छ ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केन्द्रीय सदस्य डा.संग्रौलाले भनिन्,“बलात्काररसम्बन्धी घटनामा रहेको हदम्याद हटाउन अपरिहार्य बनिसकेको छ, हामीले यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छौं, उहाँ हाम्रा मागप्रति सकारात्मक हुनुहुन्छ ।

    उनले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महँगी बढेको तथा सामाजिक अपराधका घटनामा न्याय निरुपण जटिल बनेको भन्दै ध्यानाकर्षण गराउन पुगेको नेताहरूको टोलीसँग देउवाले हदम्याद तत्काल हटाउने प्रतिवद्धता जनाएको बताउनुभयो ।

    प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय तह निर्वाचनमा पार्टीबाट महिला प्रतिनिधित्व कम भएको गुनासो पनि आफुहरुले राखेको केन्द्रीय सदस्य डा.संग्रौलाले जानकारी दिनुभएको छ ।

     


    बिहिवार, जेठ १२ २०७९०७:०१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij