Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, भाद्र २ २०७७

  • 1.5K
    SHARES

  • पर्सामा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

    पर्साका थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा १७ महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरूमध्ये जिल्ला प्रहरी कार्यालय पर्साका पाँच र वडा प्रहरी कार्यालय विर्ताका दुई गरी सात जना प्रहरी पनि रहेका छन् ।

    संक्रमण पुष्टि भएका २५ जना पर्साको बहुदरमाई नगरपालिकाका हुन् । बहुदरमाई नगरपालिका–४ बहुअरीका २० जना र अन्य वडाका ५ जना संक्रमित छन् ।

    त्यस्तै, वीरगन्ज महानगरपालिका –१० मुर्तिचोकका आठ जना र छपकैयाका पाँच जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

    बाराको परसौनी गाउँपालिकामा चार, पिलुवामा तीन, सिम्रौनगढका एक र कलैया–६ का एकजनामा संक्रमण देखिएको छ ।


    मंगलवार, भाद्र २ २०७७०१:०८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij