Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

एमालेको निष्कर्ष : निर्वाचनमा हारको कारण अन्तरघात

एमालेको निष्कर्ष : निर्वाचनमा हारको कारण अन्तरघात

  • बुधवार, जेठ ११ २०७९

  • 911
    SHARES

  • एमालेको निष्कर्ष : निर्वाचनमा हारको कारण अन्तरघात

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा बेहोर्नुपरेको हारको मुख्य कारण अन्तरघात भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

    बुधबार बानेश्वरस्थित संघीय संसद्‌ भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्थानीय तहको निर्वाचनमा अन्तरघातका कारण धेरै ठाउँमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको हो । 

    बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तरघात बढी भएको बताए । अध्यक्ष ओलीले पार्टीको जनमत घटेको नभइ बढेको समेत दाबी गरे। 

    '४ महानगरमा उपमेयर जितियो। मेयर अन्तरघातका कारण हारियो, जित्न सकिन्थ्यो,' ओलीले बैठकमा भने। 

    सरकारले गठबन्धनका नाममा स्रोत साधनको दुरुपयोग गरेको पनि ओलीले आरोप लगाए। 'केही ठाउँमा धाँधली भयो। तर, हारको मुख्य कारण अन्तरघात हो,' ओलीले बैठकमा भने। 


    बुधवार, जेठ ११ २०७९०४:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij