Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल प्रवचन श्रृंखला गर्ने

परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल प्रवचन श्रृंखला गर्ने

  • मंगलवार, जेठ १० २०७९

  • 605
    SHARES

  • परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल प्रवचन श्रृंखला गर्ने

    काठमाडौं - परराष्ट्र मन्त्रालयले यदुनाथ खनाल प्रवचन श्रृंखला चलाउने भएको छ।

    मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार नेपालको परराष्ट्र नीति, कूटनीति र नेपालको राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा प्रोफेसर यदुनाथ खनालले पुर्‍याएको योगदानको कदर स्वरूप प्रवचन श्रृंखला गर्न लागिएको हो।

    ‘उक्त प्रवचन श्रृंखलाको प्रथम संस्करण २०७९ साल जेठ २४ गते काठमाडौंमा आयोजना गरिने छ। प्रत्येक वर्ष आयोजना गरिने प्रवचन नेपालको राष्ट्रिय हित एवम् अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा हुनेछ,’ परराष्ट्रले विज्ञप्ति जारी गर्दै भनेको छ।

    श्रृंखलामा सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्तिहरू, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।


    मंगलवार, जेठ १० २०७९०६:१०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij