Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विजयपछि रेनुको यस्तो घोषणा, के साँच्चै होला त ?

विजयपछि रेनुको यस्तो घोषणा, के साँच्चै होला त ?

  • मंगलवार, जेठ १० २०७९

  • 1.1K
    SHARES

  • विजयपछि रेनुको यस्तो घोषणा, के साँच्चै होला त ?

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले भारी मतान्तरले विजयी भएकोमा खुसी व्यक्त गरेकी छन् । भरतपुरका जनतालाई विशेष धन्यवाद दिँदै दाहालले आफ्नो कामको मुल्याङ्कन भएको बताइन् ।

    विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन् ।

    उनले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने पनि बताइन् । जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाउँदै दाहालले भरतपुरलाई नमुना सहर बनाउने संकल्पलाई पुरा गरिछाड्ने दृढता पनि जनाइन् ।

    उनले आउने दिनमा कहीँकतै आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने भन्दै बरु अनुभव प्राप्त भएकाले यहाँका आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढिने बताइन् ।

    मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भन्दै उनले यसलाई एक सेकेन्ड पनि खेर नफालीकन जनतालाई निराश हुन नदिने सो क्रममा बताइन् ।


    मंगलवार, जेठ १० २०७९१२:३८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij