Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

हवाई भाडा बढ्यो, अब काठमाडौं-धनगढीको भाडा १५ हजार ६६५ पुग्यो

हवाई भाडा बढ्यो, अब काठमाडौं-धनगढीको भाडा १५ हजार ६६५ पुग्यो

  • सोमवार, जेठ ९ २०७९

  • 705
    SHARES

  • हवाई भाडा बढ्यो, अब काठमाडौं-धनगढीको भाडा १५ हजार ६६५ पुग्यो
     
    काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढे पनि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन्  । 
     
    सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक सङ्घले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । 
     
    सङ्घका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । 
     
    यस्तै काठमाण्डौ-नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ । 
    बढेको भाडा आगामी बुधवार अर्थात् जेठ ११ गतेदेखि लागू हुने सङ्घले जनाएको छ । 
     
    आइतबार एक सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोल–मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकै पटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पुर्‍याएको छ । 


    सोमवार, जेठ ९ २०७९०७:०१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij