काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो वडामा भारी मत प्राप्त गरेका छन् ।
बालेनको ३ हजार ३ सय १८ भोट आउँदा मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले १ हजार ३ सय ८२ भोट ल्याएकी छन् । एमाले उम्मेदवार केशव स्थापितको १ हजार १ सय २० मत आएको छ । वडा नम्बर ९ मा पनि कांग्रेस उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
कांग्रेसका रामकृष्ण श्रेष्ठले २ हजार ७ सय ९० मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा एमालेका रामजी भण्डारीले २ हजार २ सय ९८ मत ल्याए । सदस्यहरुमा भने एमाले उम्मेदवार विजयी भएका छन् ।
योसहित कांग्रेस काठमाडौंका १२ वटा वडामा विजयी भएको छ ।