Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह निर्वाचनको नजिता गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : कांग्रेस   

स्थानीय तह निर्वाचनको नजिता गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : कांग्रेस   

निर्वाचन परिणाम सन्तोषजनक 
  • सोमवार, जेठ ९ २०७९

  • 599
    SHARES

  • स्थानीय तह निर्वाचनको नजिता गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बन्यो : कांग्रेस   

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताएको छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतले आज पत्रकार सम्मेलन गरी गठबन्धनले सन्तोषजनक नजिता हात पारेको बताए । 

    उनले पार्टीले अन्य दलसँग गठबन्धन गरे पनि आफ्नै सङ्गठन मजबुत बनेका कारण धेरै ठाउँमा पार्टीले जित्न सकेको बताएका छन् । ‘स्थानीय तह निर्वाचनको परिणाम लगभग आइसकेको छ । छिटपुटबाहेक मतगणना सकिएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले प्राप्त गरेको परिणाम सन्तोषजनक नै छ । गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको छ ।’ प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली कांग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको बताए । 

    उनले स्थानीय तह निर्वाचनको नजिता प्रदेश र सङ्घीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको बताए । उनले भने, ‘प्रदेश र सङ्घीय निर्वाचनमा गठबन्धनलाई अगाडि बढाउने मजबुत आधार बनेको स्थानीय तहको निर्वाचन परिणामले स्पष्ट गरेको छ ।

    उनले कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको भन्दै अहिलेसम्म कांग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्णता चुनाव हुँदै आएको दाबी गरे ।

    उनले पार्टीभित्र अन्तर्घात ठुलो समस्याको रूपमा देखिएको बताए । पार्टीमा अन्तर्घातको पुरानै समस्या दोहोरिएकाले धेरै ठाउँमा पार्टीले पराजय बेहोर्नुपरेको बताए । अन्तर्घात नभएको भए झन्डै चार सय स्थानीय तहमा कांग्रेसले जित्ने उनको भनाई छ । पार्टीमा भएको अन्तर्घातबारे छलफल गरेर अघि बढ्ने उनले बताए ।


    सोमवार, जेठ ९ २०७९०४:०९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij