Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन हुन्छ :रामचन्द्र पौडेल

प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन हुन्छ :रामचन्द्र पौडेल

  • सोमवार, जेठ ९ २०७९

  • 586
    SHARES

  • प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन हुन्छ :रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले प्रदेश र संघको निर्वाचनमा पनि चुनावी गठबन्धन हुने बताएका छन् ।

    गृहनगर तनहुँको व्यासमा कांग्रेसले जितेपछि आयोजित विजय सभालाई सम्बोधन गर्दै नेता पौडेलले स्थानीय निर्वाचनले गठबन्धन र तालमेलको अपरिहार्यता पुष्टि गरेको बताए ।

    उनले संविधान र मुलुकलाई जोगाएर समृद्धि र विकास हासिल गर्न अझै केही समय संविधान पक्षधरबीच सहकार्य जरुरी रहेको बताए ।

    यस्तै नेता पौडेलले तनहुँका जनताले कोग्रेसलाई जिताएर लोकतन्त्र, संविधान र विकासको पक्षमा आफुलाई उभ्याएको समेत बताए ।

    उनले स्थानीय चुनावमा विजयी प्रतिनिधिहरुलाई जनताको विश्वासलाई कहिल्यैँ टुट्न नदिई शासक होइन जनताको सेवक बनेर काम गर्न निर्देशन दिए ।

     

     

     


    सोमवार, जेठ ९ २०७९०२:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij