Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी

  • सोमवार, जेठ ९ २०७९

  • 422
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी

    काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

    अखिल अध्यक्ष सुनिता बरालले सोमबार(आज) एक विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य बढाएर सरकारले जनतामारा काम गरेको आरोप लगाएकी हुन् ।

    ‘स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउँदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ । मुल्य समायोजन भन्ने बाहनामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई, सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाँड्न मस्त छ,’ विज्ञप्तिमा भनिएको छ ।

    निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्यले पटकपटक मूल्यवृद्धि गरेको अखिलले आरोप लगाएको छ ।

    ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    sunita_uml_akhil_hPDtdAvaTi.jpg


    सोमवार, जेठ ९ २०७९०१:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij