Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस

प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस

  • सोमवार, जेठ ९ २०७९

  • 432
    SHARES

  • प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

    गृह मन्त्रालयमा सोमबार(आज) बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

    बढुवा सिफारिस सूचीअनुसार पहिलो नम्बरमा सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहोनी छन् । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

    यसअघि डीआईजी वसन्तकुमार लामालाई एआईजीमा एकल बढुवा गरिएको थियो । तर उमेरहदका कारण उनले शनिबारबाटै अवकाश पाइसकेका छन् ।


    सोमवार, जेठ ९ २०७९१२:३२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij