Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

संवैधानिक नियुक्तिबारे ओली–प्रचण्ड र देउवाबीच छलफल

संवैधानिक नियुक्तिबारे ओली–प्रचण्ड र देउवाबीच छलफल

  • सोमवार, भाद्र १ २०७७

  • 922
    SHARES

  • संवैधानिक नियुक्तिबारे ओली–प्रचण्ड र देउवाबीच छलफल

    काठमाडौं । संवैधानिक नियुक्तिबारे सत्तारुढ नेकपाका अध्यक्षद्वय र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाबीच सोमबार छलफल भएको हो ।

    छलफलका क्रममा देउवाले संवैधानिक अंगहरुमा छिटो नियुक्तिको प्रक्रिया अगाडी ढाउनुपर्नेमा जोड दिनुभएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीले पनि संवैधानिक परिषद्को बैठक राख्न आफू तयार रहेको बताएको बताइएको छ ।

    लामो समयदेखि विभिन्न ४० वटा संवैधानिक पद खाली छन् । तर, समयमा संवैधानिक परिषद्को बैठक नबस्दा यस्ता नियुक्ति रोकिएका छन् ।

    भेटमा सभापति देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


    सोमवार, भाद्र १ २०७७०४:२१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij