काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्री तथा मुख्यमन्त्रीहरु हेरफेरबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ । सोमबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीमा जारी विवाद समाधान भएपछि मात्र मन्त्रीमण्डल हेरफेर हुने बताउनुभएको छ ।
अहिलेको मुख्य बिषय पार्टीभित्रको समस्या समाधान भएकाले अहिले नेकपा त्यसतर्फ केन्द्रित भएको उहाँको भनाइ छ । सोमबारको सचिवालय बैठकमा पनि पार्टीको आन्तरिक विवादबाहेक अन्य विषयमा छलफल नै नभएको बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले पहिला पार्टीभित्र देखापरेका वैचारिक र नीतिगत मतभेदहरूको निष्कर्ष निकालेपछि मात्र अन्य विषयमा छलफल हुने बताउनुभयो ।