Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धनको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा !

सत्तागठबन्धनको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा !

  • आइतवार, जेठ ८ २०७९

  • 771
    SHARES

  • सत्तागठबन्धनको बैठक जारी, यस्ता छन् छलफलका एजेण्डा !

    काठमाडौं - स्थानीय निर्वाचनको समीक्षा तथा सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउँसो गठबन्धनको बैठक बसिरहेको हो । वैशाख ३० गते स्थानीय चुनाव सम्पन्न भएपछि गठबन्धनको बैठक पहिलो पटक बसेको हो ।

    बजेटअघि जेठ १० गते संसदमा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ । सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिनेबारे समेत बैठकमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

    बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत गठबन्धनका नेताहरू सहभागी छन् ।


    आइतवार, जेठ ८ २०७९०३:०६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij