Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका १४ वडाको मतगणना सकियो, यस्तो छ एमाले र कांग्रेसको भिडन्त

काठमाडौंका १४ वडाको मतगणना सकियो, यस्तो छ एमाले र कांग्रेसको भिडन्त

  • आइतवार, जेठ ८ २०७९

  • 1.1K
    SHARES

  • काठमाडौंका १४ वडाको मतगणना सकियो, यस्तो छ एमाले र कांग्रेसको भिडन्त

    काठमाडौं - काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७-७ जना उम्मेदवार निर्वाचित भएका छन् ।

    हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    जसमध्ये वडा नम्बर १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, ३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।

    त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।

    त्यसैगरी वडा नम्बर ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनेर सकिएको काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिएका छन् ।


    आइतवार, जेठ ८ २०७९०२:३१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij